काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले रिक्त रहेका १४ देशमा राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । निर्वाचनको घोषणा गर्नु भन्दा अघि रिक्त देशहरुमा राजदूत सिफारिसको निर्णय गरेको छ ।
सिफारिस गरेका राजदूतहरुमा दक्षिण कोरियामा अर्जुन जंगबहादुर सिंह, युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह र म्यानमारमा भीम उदासलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
यमनमा शर्मिला पराजुली, श्रीलंकामा विश्वम्भर प्याकुरेल, बंगलादेशमा चोपलाल भुसाल, स्पेनमा भरत रायमाझी र इजरायलमा निरन्जन थापालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।साथै सरकारले स्पेनमा दूतावास खोज्ने निर्णयसहित राजदूतसमेत नियुक्तिको सिफारिस गरेको सूचना तथा सञ्रमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।