एजेन्सी । ह्वाइट हाउसले नयाँ नियम लागू गरी अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नियम लागू गर्ने जनाएको छ । ह्वाइट हाउस प्रशासनले गैर कानुनी रुमा बसेका तथा कागजात नभएको हरुलाई निकाला गर्ने जनाएको छ । साथै अपराधिक गतिविधिमा संलग्न तथा कानुन उलंघन गर्ने जतिलाई जुन सुकै बेला पनि निकाला गर्न सक्ने जनाएको छ ।
यो कानु लागू भएपछि एक करोड १० लाख विदेशीलाई असर पर्ने सीएनएनले जनाएको छ । तर अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ ।
यस कार्यका लागि १० हजार थप कर्मचारी नियुक्त गर्ने छ । तर लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ । गैरकानुनी भेटिएका आप्रवासी जुन सुकै देशका भएपछि मेक्सिको पठाइने ह्वाइट हाउसले जनाएको छ ।