मलेसिया । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको हत्यामा सहयोग नगरेको भन्दै मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएको छ । कोरियासँग बढ्दो कुटनीतिक दूरीबीच मलेसियाले यस्तो कदम चालेको जनाएको छ । उसको यो कदमपछि उत्तरकोरिया झनै चिढिएको समाचार माध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजु जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो ।
उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उनको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ ।
मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ ।
तस्बिर: एजेन्सी