सप्तरी । मधेश बन्दको आयोजना गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । उनीहरुले विना कारण तथाभावी घर तोडफोड गरेको प्रहरी जनाएको छ । घरमा जथाभावी ढुंगामुडा गरी घरमा क्षति पुर्याएको छ ।
यादवको राजविराज– ९ स्थित घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।
यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज– ९ स्थित सम्र्पक कार्यालयामासमेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन ।
आन्दोलनको तेस्रो दिन अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्याकर्ताले एमाले सर्मथक एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सञ्चालित राजविराज– ९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् । स्कुलमा रहेका कुर्सी टेबुल, झ्याल ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ ।