काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउनका लागि संविधान संशोधन गर्नु जर्ने निश्कर्ष निकालेको छ । उसले निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । मधेशी मोर्चालाइ बाहिर राखेर निर्वाचनमा जान नहुने बताएको छ ।
काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु¥याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले बताए । ।