बझाङ । बझाङमा रहेको गडीस्थित २०० किलोवाट क्षमताको सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत सम्पन्न भएको एक वर्ष नबित्दै नचल्ने अवस्थामा पुगको छ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा महंगो गरी निर्माण भएको भए पनि एक वर्षमै विग्रिएको छ ।
विद्युत् अनियमित हुँदा यहाँका सरकारी कार्यालयको कामकाज, व्यापार र उद्योग व्यवसाय नराम्ररी प्रभावित बनेको थियो । मर्मत योजनामा नै त्रुटी रहेका कारण पानी प्रवाहमा समस्या देखिएको हो । चैनपुर तथा वरीपरीको क्षेत्रमा विजुली नआउँदा अध्यारोमा बस्न बाध्य छन् ।
जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नबित्दै विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । सो कम्पनीले तोकिएको समयमा सबै काम सम्पन्न नगरी बिचैमा छोडेको थियो । निर्माणमा त्रुटी भएको विषयमा परामर्शदाता निकाय जापान सहयोग नियोग र निर्माण कम्पनीलाई जानकारी गराइसकेको उनको भनाइ छ ।
अरु योजना भन्दा दोब्बर लगानीमा मर्मत गरिएको योजना भए पनि मर्मत भएदेखि बारम्बार समस्या आउने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ। यति कमीकमजोरी हुँदा पनि स्थानीय प्रशासन तथा सरकारले कुनै पनि कदम चाल्न सकेको छैन् । जसले समाधान भन्दा पनि झन अन्यौल थपेको छ ।
file photo