आमा
सेवा र ढोग ।
राज्य र त्रिविले गरेको बौद्धिक शोषण अन्त्यको लडाईमा छ महिनाको आन्दोलन दुई महिना लामो रिले अनशन र चार दिन देखिको आमरण अनशनमा पनि सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ ।
हामी महान चाडमा पनि आमरण अनशनमा छौ भने त्रिवि पदाधिकारीहरु र सरकार आंशिकको समस्यामा अझै गम्भीर बनेका छैनन् । कानमा तेल हालेर बसेका छन।
साथि डा. महेश कुमार गजुरेल आमरण अनशनमा हुनुहुन्छ । उहाँको श्वास्थ्य अवस्था बिग्रँदो छ। यसकारण शैक्षिक शोषणको लडाइँ यसपटक पूरा नभईन्जेल आन्दोलनको अन्त्य हुनेछैन ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत झण्डै १४ सय बढी प्राध्यापक पेशागत सुरक्षा र आफ्नो अधिकारका लागि २०६३ सालदेखि अहिलेसम्म शान्तीपूर्ण आन्दोलनमा छौँ । प्राध्यापकहरु जहिले पनि शान्तीपूर्ण र बौद्धिक आन्दोलनमा विश्वास गर्ने पेशाका मानिस हुन् र हामी त्यसै गरिरहेका छौँ।
आफ्नो शान्तीपूर्ण आन्दोलनको क्रममा कहिले प्रधानमन्त्री निवास वालुवाटार घेर्छौँ कहिले माइतीघर मण्डला धर्ना दिन्छौँ त कहिले रत्नपार्कमा र्याली गर्दछौँ। यसरी ज्ञापन पत्र बुझाउने धर्ना दिने, तथा रिले अनशन बस्दापनि सरकारले जायज माग पूरा नगरेकाले आमरण अनशन बस्नु परेको हो ।
आमा यो सामाजिक न्यायको लडाइँ हो। झण्डै १५ सय प्राध्यापक र लाखै विध्यार्थीको भविष्यसगँ जोडिएका बिसय भएकोले पनि यो मुद्दा टुंग्याउनु जरुरी छ। त्यसैले यसपटक म घर आउन र दशैँ मनाउन पाईन आमा।
मलाई थाहा छ म नहुँदा दशैँ खल्लो हुन्छ। खल्लो भए पनि जसो तसो मनाउनु र बुबालाई म आउन नपाएको भनेर सम्झाउन होला।
प्यारो छोरो
ठमिन्द्र खतिवडा