मकरराज धामी/बझाङ । सुदुरपश्चिममा ढाल तरवार सहित नाचिने भुवा पर्व शुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पौष औंसीका दिन मसाल (राको) सल्काएर सुरु हुने गर्दछ । यो पर्व विशेष गरेर सुदुरपश्चिमका जिल्लाहरुमा मनाउने गरिएको छ । बझाङमा पनि कैलास मष्टा, थलारा, सुर्मा छविसपाथेभेरी, सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमड लगायत दजर्नौ गाउहरुमा भुवा पर्वको रौनक छाएको छ । यो पर्व करिव ७ दिन सम्म मनाईन्छ ।
औसीको दिन गा“उका प्रत्येक घरबाट बाट वाल्नका लागी मुढा माग्ने र राती भुवाखाडामा ठुलो आगो वालेर हातमा रा“को सल्काइ भुवा नाचको शुरुवात गर्ने गरिन्छ । बाजाको तालमा खुकुरी, तरवार र ढाल सहित पुरुषहरुले प्रर्दशन गरेको युद्धकला हेर्नका लागी गा“उलेहरुको भिडभाड भएको छ । यति वेला जिल्ला भरिका विभिन्न गाँउहरुमा भुवाको रौनकले महिला बालबालिका देखी बृद्धबृद्धा सबैलाइ तानेको छ ।
युद्धको समयमा कौरव र पाण्डव विच भएको भिडन्तको कथालाई एक समुहले लयात्मक शैलीमा भट्याउने र अर्को समुहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन । कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष वदलेर हिमालय पर्वत देखी भारतका विभिन्न ठा“उमा घुमेको र त्यहा“ विकास निमार्णको काम गर्नका लागी स्थानियको सहभागीता जुटाई गा“उ गाँउमा भुवा पर्वको आयोजना गरि युद्ध अभ्यास गराएको सम्झनामा यो पर्व मानाउने गरिन्छ । भुवाको विषेश आर्कषर्णको रुपमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गायनहरु पर्दछन ।
तर लामो समय देखी परेको खडेरीको मार थाम्नका लागी पुरुषहरु गा“उ छोडेर गएकोले धेरै गाउँमा यो वर्ष भुवा पर्व प्रभावित भएको छ । “गाउँका सवै जसो पुरुषहरु ज्याला मजदुरी तथा रोजगारीका लागी भारत तिर गएकाले गत बर्षहरुमाको जस्तो रौनक गाँउमा नभएको खप्तड छान्ना गाउपालीका गोर्खालीका मंगल खड्काले बताए । उनले भने “पोहोर परार भुवा पर्वमा विदेश गएकाहरु पनि घर फर्केर आउथे ।
यसपालि असारमा स्थानिय तहको चुनाव र भर्खर सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी गाँउमै बसे अब घरखर्च चलाउन गाह्रो भो भनेर सबै भारत तिर लागे । यो वर्ष कोही पनि आएनन बरु जाने क्रम अझै रोकिएको छैन । नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्न नसक्दा र नयाँ पुस्ताले वास्ता नगरेका कारण आफ्नो संस्कृति लोप हुन लागेको उनको भनाई छ ।
News source: dharatalonline.com