वासिङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन् । मोदीलाई ट्रम्पले २०१७ भित्र अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको जानकारी दिएको बताए ।