सिमकोट । हुम्लामा भिषण हिमपात भएको छ । हिमपातका कारण हुम्लाकाे उत्तरीभेगका वासिन्दाको जनजीवन कष्टकार बनेको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएको छ । अहिले हुम्ला सदरमुकाम सिमिकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । यस वर्ष हुम्लामा यो तेस्रोपटक हिमपात भएको हो ।
लगातार हिमपात भएपछि स्थानीय घरबाट निस्कन सकेका छैनन्। लगातारको हिमपातको कारण तापक्रम माइनसमा पुगेको छ । तापक्रम माइनस २१ डिग्रि सेन्टीग्रड सम्म पुगेको छ । जसको कारण पानी जमेको छ ।
हिमपातले एक गाउँदेखि अर्कोगाउँमा जाने बाटो बन्द भएका छन्।