काठमाडौं । माइतीघरमन्डलामा इतिहासकै सबैभन्दा ठूलो राष्ट्रिय १० मिटर लामो र साढे ७ मिटर चौडाइ भएको झण्डा फहराइएको छ । शहीद दिवसको अवसरमा उक्त् झण्डा फहराइएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त झण्डा फहराएका हुन् । नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए । उनले केही वर्षयता नेपालको झन्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थी तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए । ‘हामी दुःख व्यहोर्न तयार छौं । तर, हेपिन र स्वाभिमान गिराउन तयार छैनौं’–उनले भने–‘सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गर्छौं ।’ उनले देशको स्वाभिमान कसैकाविरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे ।कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए ।