काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पार्टी सकारात्मक हुँदा हुँदै पनि प्रधानमन्त्री प्रचण्डले विभिन्न बाहनामा चुनाव रोकेको आरोप लगाएका छन् । उनी सहमति पनि नगर्ने अनि अरुलाई देखाएर निर्वाचनबाट भाग्न खाजेको बताए ।
उनले भने आगामी माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने बताए । यसले तोकिएको मितिमा सबे तहका निर्वाचन गराउन सकिने दाबी गरे । दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले प्रधानमन्त्री र उनको कार्यप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले एमाले र मधेसवादी दलहरुले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारेमा विनाकारण बखेड झिकीरहेको समेत बताए ।