काठमाडौं । डिआइजी नवराज सिलवाल बिरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। मिटरब्याज प्रकरणमा पीडित गुनबहादुर थापाका छोरा सागर थापाले निवेदन दर्ता गराएका छन् । सिलवालले आफू एसएसपी हुँदा पाँच सय प्रतिशतभन्दा बढी ब्याजमा आफ्ना बाबु शम्भुलाई ऋण दिएको र ब्याजसहित सबै रकम चुक्ता गरे पनि झूटो मुद्दा लगाएर फसाएको आरोप सोमबार दायर गरिएको रिटमा उल्लेख छ।
थापाले आफू र आफ्नो परिवार डीआइजी सिलवालबाट अन्यायमा परेको जिकिर गर्दै रिट दर्ता गरेका हुन् । अदालतले यो रिटलाई ०८४४ नम्बरमा दर्ता गरेको छ । तर उक्त रिट सर्वोच्चले प्राथमिकता भित्र पारेन् । यसलार्य साधारणरुपमा लिएर तत्काल कुनै आदेश वा प्रकृया अघि बढाएन् । अदालतले मंगलवार तोकेको पेशी पनि स्थगित गरेको छ ।
निवदेक थापाका अनुसार आफूले धेरै अघिदेखि गृहमन्त्रालयमा डीआइजी सिलवालविरुद्ध निवेदन दिन खोजें, तर निवेदन नै दर्ता गर्न मानेको छैन । प्रहरी महानिरीक्षकको कार्यालयले पनि दर्ता गरेर नम्बर दिन मानेको छैन, अख्तियारमा निवेदन दर्ता भए पनि अहिलेसम्म कुनै चासो देखाइएको छैन । धेरै लामो प्रयासपछि बल्ल सर्वोच्च अदालले आफ्नो निवेदन दर्ता गरेको दुखेसो गरे । आफू आशावादी रहेको उनले बताए ।