एजेन्सी । म्याड्रिडबाट प्रकाशित हुने पत्रिका मार्साको सर्वेक्षणमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी सन् २०१७ को उत्कृष्ट फुटबल खेलाडी भएको देखाएको छ । सर्वेक्षणको आधार भनेको उपाधि भन्दा पनि व्यक्तिगत प्रदर्शन रहेको छ । त्यस सर्वेक्षणमा मेस्सीलाई रोनाल्डो भन्दा अगाडि देखिएका छन् ।
गत वर्ष बार्सिलोनाले च्याम्पियन्स लिग जित्न असफल रहेपनि मेस्सीले भने ला लिगामा ३७ र सबै प्रतियोगितामा गरि ५४ गोल गरेका थिए । चौथो पटक गोल्डेन बुटको अवार्ड जितेका मेस्सीलाई रोनाल्डो भन्दा क्षमता र भिजनका हिसाबले पनि उत्कृष्ट मानिएको छ । साथै उनको लोकप्रियता तथा प्रर्दशन गरेको व्यवसायिक दक्षतालाई आधार मानिएको उक्त पत्रिकाले जनाएको छ ।
२०१७ का उत्कृष्ट खेलाडी
-लियोनल मेस्सी (बार्सिलोना)
-क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड)
-इस्को (रियल म्याड्रिड)
-ह्यारी केन (टोटेनह्याम )
-लुका मोड्रिच (रियल म्याड्रिड)
-किलियन बाप्पे (पेरिस सेन्ट जर्मेन)
-जियालुइजी बुफोन (युभेन्ट्स)
-नेयमार (पेरिस सेन्ट जर्मेन)
-सर्जियो रामोस (रियल म्याड्रिड)
-केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
(सर्जियो रामोस (रियल म्याड्रिड)
(केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)