काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई मगलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।
आदेश सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदन र त्यसमा माथि कानुन व्यावसायीलसमेत कारवाही गर्नुपर्ने भनि गरेको बहसमा आधारित रहेको न्यायाधिश शाहीले उल्लेख गरेका छन् ।
आदेशमा पौड्यालको प्रतिवेदनलाई फौजदारी मुद्दाका रुपमा दर्ता गर्न र केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा हाजिर गराउन भनिएको छ ।