एजेन्सि । बेल्जियमले ट्युनेसियालाई भारी गोलान्तरले विजय हासिल गरेको छ । बेल्जियमले ट्युनेसियालाई ५- २ गोलान्तरले हराएको छ । लगातार दोस्रो जितसँगै बेल्जियम अन्तिमा १६ मा पुगेको छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।
आजको खेलमा रोमेलु लुकाकु र इडेन हाजार्डले २–२ गोल गरेका थिए भने बात्सुइले १ गोल गरेका थिए । पहिलो गोल बेल्जिमयले छैटौं मिनेटमा पेनाल्टीमार्फत् खाता खोलेको थियो। खेल अवधिभर ट्युनेसियाको प्रर्दशन कमजोर नै रहेको थियो ।
ट्युनिसियाका लागि डाइलान ब्रोनले १८औं मिनेटमा गोल गरेको थिए ।
फोटो : fifa.com