काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा पर्ने बालुवाखानी अहिले जताततै बस्ती नै बस्तीले भरिएको छ । त्यहाँ बस्ती बस्नु भन्दा पहिले काठमाडौंका घर निर्माणका लागि बलुवा ल्याउने स्थानको रुपमा परिचित थियो ।
बढ्दो शहरीकरणका कारण अचेल बालुवाखानीमा बालुवा पाइदैन् । मानव निर्मित ठूल्ठूला बंगलाहरु ठडिएका छन् । न त कतै बालुवा पाइन्छ , न त कतै खानी नै छन् । यसरी आप्mनो परिचय फेर्दै आधुनिक शहर बन्दैछ बालुवाखानी । आजभोलिका प्रधानसम्पादक लोकराज अवस्थीको क्यामरामा आइतवार साँझ कैद गरिएका १० तस्वीरहरु यहाँ राखिएका छ ।