काठमाडौं । डा. गोविन्द केसीले बिहीबार विहान एक अडियो सन्देश दिदै आफू जुम्लामै बसेर अनसन गर्ने बताएका थिए । उनले आफूलाई कुनै कठीनाई नभएको र स्वास्थ्यकर्मीले राम्रो उपचार गरिहेको बताएका थिए । उनले आफू चन्दननाथ बाबाको पवित्रभूमिमा बसेर सत्याग्रह गर्ने बताएका थिए । उनले सरकार आफ्नो सत्याग्रह तुहाउन लागि परेको आरोप समेत लगाएका छन् । उनको अडियो सन्देश बाहिर आएको केही घण्टामै प्रहरीले बल प्रयोग गरी हेलिकप्टरमा राखेर काठमाडौं पठाएका थिए ।
नमस्ते,
मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु ।
मलाई यहाँका चिकित्सक, नर्स प्यारामेडिसिनको टिमले राम्रोसँग उपचार दिइराख्नुभएको छ र म पूर्ण रुपमा सन्तुष्ट छु । तर, सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडौ लादैछ ?हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ । , यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित र सम्वेदनशील छ भने मेरा माग पूरा गर्नतिर लाग्नुपर्छ । त्यो भएपछि म अनसन तोड्छु । तर, म मेरा लागि यो पवित्रस्थल हो । र, चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु । जबसम्म मेरो माग पुरा हुदैन तबसम्म जारी राख्नेछु ।
मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुण्डागर्दी चल्दैन । राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । जनताका हकविरुद्ध सरकार लागेको छ । र, माफिया डनको हार हुन्छ जनताको जीत हुन्छ ।
नमस्ते ।