काठमाडौं । नेपाल तरुण दलद्वारा काठमाडौंमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप तथा लाठी चार्ज गरेको छ । डा. गोवन्द केसीको माग पूरा गर्न सरकारलाई दबाब दिन गरिएको आन्दोलनमा सरकारले दमन गरेपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतानी दिएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप असह्य भएको रहेको बताएका छन् ।
तरुण दलको प्रदर्शन माथि सरकारको अन्धाधुन्ध आक्रमणपछि मैले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार पुगेर भेटे।भेटमा शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमनकारी व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छु। तत्काल डा केसीसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेको छु
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 21, 2018
उनले आन्दोलनमाथि भएको दमन रोक्न पनि प्रधानमन्लिाई आग्रह गरेका छन् । दमन नरोके देशभरी आन्दोलन गर्ने बताएका छन् प्रधानमन्त्रीसँगको भेटमा देउवाले डा. गोविन्द केसीका माग पूरा आग्रह समेत गरेका छन् । उनले आफ्नो सरकारले ल्याएको आध्यदेश नै समाधानको उत्तम विक्लप रहेकाले सोहीलाई पारित गर्न पनि भनेका छन् ।
आन्दोलनमा घाइतेहरुलाई सिभिल अस्पतालमा भेटेपछि देउवाले सरकारी दमनको भत्सर्ना गरेका छन् । उनले सरकारी रबैयाको कडा आलोचना समेत गरेका छन् ।