काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताउनुभएको छ । उनले सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने प्रधानमन्त्ती ओलीको भनाइ छ । सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताए ।
राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्यूनिष्ट पार्टी प्रवेश गराउंदै सो कुरा बताएका हुन् ।
संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद रहनुभएकी मल्लले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताए ।
मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल,स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिती थियो ।