काठमाडौं । डान्स रियालिटी सो बुगीवुगीको पहिलो सिजनको उपाधी सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छिन् । आज भएको उपाधी घोषणासभामा लालबन्दी नगरपालिका पत्थकोटकी कविताले अन्य प्रतिस्पर्धी भन्दा धैरे भोट पाएर विजयी भएकी हुन् ।
एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन्।
त्यसैगरी बुगीवुगीको दोस्रो उपाधी प्रगति पुनले हात पारेकी छिन् भने सरोज मुक्तान तेस्रो भए । प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन् ।
दर्शकको भोटको आधारमा विजयी घोषणा गरिएको थिए ।
करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझ, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए।