रौतहट । राजपाका केन्द्रीय सदस्सहित हित सैयौ कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन । मधेशवादी दलको नाउँमा मात्र मधेशीलाई ठगी गर्न बाहेक केही गर्न नसक्ने बताउदै महतोको अलावा जिल्लाका १८ वटै स्थानिय तहबाट आएका कार्यकर्ताहरु बिभिन्न दल परित्यागर गरेर नेकपामा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई पुुुर्व प्रधानमन्त्री नेपाल र पुुर्वमन्त्री साहले माला र टिका लगाई स्वागत गरेका छन । पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा सर्वसाधारण कार्यकर्ता देखि स्थानिय तहका जन प्रतिनिधि समेत रहेका छन ।
उक्त अवसरमा पुुर्वमन्त्री डा बंशीधर मिश्र,सांसदहरु राम कुमार भटराई,कल्याणी खडका,समिना हसैन,रेखा झा,प्रदेश सांसद नागेन्द्र यादव कुन्दन कुुश्वाहा लगायतका नेताहरुको सहभागिाता रहेका थिए ।