चैनपुर । निर्मला हत्या प्रकारणपछि बझाङ्गमा पनि आन्दोलन शुरु भएको छ । शनिवार जिल्लाको सदरमुकाम चैनपुरमा महिलाहरुले निर्मलाको हत्यारालाई फाँसी दिनु पर्ने माग गरेका छन्
चैनपुरमा एक बिरोध र्याली निकाली उनीहरुले तत्काला दोषमिाथि कारबाहीको माग समेत राखेका छन् । र्याली पछि महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।