काठमाडौं । उमाशंकर जोशीको पोको माया मोरको चर्चित डेउणा गीतमा बझाङका युवा नेता बिष्णु ऐडिले मोडलिङ गरेका छन् । उनीसँगै रोजी कुवर पनि मोेडलिङमा देखा परेकी छन् । ऐडिको यो पहिलो अनुभव रहेको छ । निकै परम्परागत ड्रेसमा देखिएका ऐडिको अभिनय पनि प्रशंसनीय रहेको छ । साथै, लामो समयदेखि डेउणा गीतमा अभिनय गर्दै आएकी कुवर पनि अभिनयमा निकै जमेकी छन् ।
खप्तड डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएका गीतमा उमाशंकर जोशी तथा टीक पुनःको स्वर रहेको छ । शब्द राजेन्द्र शाह बीपीको रहेको छ भने लय उमाशंकर जोशीकै रहेको छ । संगीत बिनोद बाजुरालीको तथा निर्देशन भिम थापाको रहेको छ ।
निकै चर्चित युवा डेउणा गायक जोशीले विगत लामो समयदेखि डेउणा गीत गाउँदै आइरहेका छन् । उनी सुदूरपश्चिमका चर्चित युवा गायक हुन् ।