काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थमा भारी बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको भन्दै मूल्य बढाएको हो । निगमले पेट्रोलियम पदार्थमा घाटा ब्यहोरी रहेको जनाएको छ ।
सार्वजनिक गरेको मूल्य तालिका अनुसार पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको जनाएको छ ।
उपभोक्ताले अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।
जनताले महंगी, कालोबजारीको मार खेपीरहेको समयमा सरकारले मूल्य बढाएको हो । स्थानीय सरकारले जथाभावी कर उठाएर जनतालाई आथिृक भार थपेको बेला यो मूल्य बृद्धिले झन समस्या सिर्जजना गरेको छ । सरकारप्रति जनताको आक्रोस बढ्दै गएको बेला यसले थप आक्रोसित बनाएको छ ।