काठमाडौं । ज्ञानेश्वरमा काठमाडौं कांग्रेसको पहलमा निर्माण गरिएको चार तले ‘गणेशमान सिंह’ भवनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो भवन काठमाडौं कांग्रेसका सभापतिहरूले आ–आफ्नो कार्यकालमा विभिन्न खण्डहरू निर्माण गर्दै आएका थिए ।
सोही भवनमा कांग्रेसका भ्रातृ सङ्गठनहरुले समेत आफ्नो कार्यालय सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कांग्रेस पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै विधानलाई उपेक्षा गरेर पार्टी चलाउँदा पार्टी नै समाप्त हुने खतरा औल्याए ।
कांग्रेस केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, नवीन्द्रराज जोशी, गगन थापा तथा पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँलगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए