काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गराएका हुन् ।
सुवेदीलाई तत्कालिन सामाजिक विकासमन्त्री दिर्घ बहादुर सोडारीलाई हटाए लगत्तै नियुक्त गरिएको हो । सुवेदीले आजै पद तथा गोपनियताको सपथ खानुका साथै पदभार समेत ग्रहण गरिसकेका छन ।
सुवेदी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख)बाट निर्वाचित भएका थिए । उनी भीम रावल नजिक मानिन्छन् ।