काठमाडौं – जापानको योकोहोमामा सम्पन्न भएको मुराकामी बक्सिङ च्याम्पियनशिपमा नेपालका राष्ट्रिय बक्सिङ च्याम्पियन मनोहर बस्नेत म्याक्स विजयी भएको छ।
म्याक्सले जापानका पूर्वराष्ट्रिय च्याम्पियन इतोलाइई 6677
पहिलो राउन्डमै नकाउट गरेर म्याक्स विजयी भएको छ। जापानमा नेपाली बक्सरहरुले व्यावसायिक बक्सिङ भिडन्त गरेको यो सम्भवत अहिलेसम्मकै ठूलो भिडन्त भएको छ।
जापानमा नेपाली झण्डा फहराउने लक्ष्य लिएका बक्सर म्याक्सले अन्त्यमा आफ्नो लक्ष्य पूरा गरेर देशकै नाम उच्च बनाएका छन् । आइतबार योकोहामा सिटीको होटेल मेल पार्क स्थित स्टेडियममा भिडन्त भएको थियो ।
भिडन्त हेर्नकै लागी गैर-आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष भवन भट्टसहित सयौं नेपालीहरु स्टेडियममा पुगेका थिए । नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बक्सर म्याक्सले ३ पटकसम्म बक्सिङ वेष्ट प्लेयर अवार्डसमेत जितेका छन् ।
भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई ५ महिनाअघि हराएर सनसनी मच्चाएका म्याक्सले त्यसलाई निरन्तरता दिँदै जापानी बक्सरमाथि जित निकालेर जापानमा नेपाली झण्डा फहराउन सफल भएका हुन् ।