आजभोलि डेस्क । पुलवामा घटनालाई लिएर भारतीय र पाकिस्तानी मिडियाले खेलेको भूमिकाको संसार भरी आलोचना भइररहेको छ । भारतभित्र पनि मिडियाले खेलेको भूमिकाप्रति अझ बढी असन्तुष्टि देखिएको छ । सोसियल मिडियामा चर्को आलोचन भइरहेको छ । र, बहिस्कार गरौ भन्ने अभियान समेत चलिरहेको छ ।
भारतमा जस्तै पाकिस्तानमा पनि मिडियाले एक तर्फी समाचार सम्प्रेषण गरिहेका छन् । झूठा र भारतबिरोधी समाचारलाई आफ्नो मुख्य मसलाको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
दुबै देशका मिडियाले आफ्नो लोकप्रियताको लागि सस्तो र तथ्यहिन समाचार प्रसार तथा सम्प्रषण गरिरहेको आरोपसमेत लागेको छ । उनीहरु व्यापारिक फाइदाका लागि जनतालाई उत्तेजित पार्न समाचार तयार गर्ने कारखानाको रुपमा विकास भइरहेका छन् ।
फेब्रुवरी १४ मा पालुवामा भएको आत्मघाति हमलामा ४० जनाको ज्यान गएपछि भारतीय मिडियाले त्यहीलाई उचाली रहेको जनाएका छन् । मिडियाले पत्रकारिताको न्युनतम मापदण्ड पनि उल्लंघन गरेको विज्ञहरुले आरोप समेत लगाएका छन् ।
मिडियाको काम भने जनतालाई उचाल्ने तथा सरकारलाई उत्तेजित पार्ने कार्य गरिहेका छन् । अखबार तथा टेलिभिजन च्यानलमा देखाइएका वा प्रकाशन गरिएका विषयवस्तु सत्य भन्दा कल्पनामा आधिरित रहेका हुन्छन् । सामान्य विषयलाई पनि उनीहरुको प्रस्तुतिले भयंकर बनाइ रहेको हुन्छ, एक जना भारतीय वरिष्ठ पत्रकारले टिप्पणी गरेका छन् ।
पत्रकार रवीश कुमारले भारतीय मिडियाको बारेमा भनेका छन, तपाईहरु सक्नुहुन्छ भने २ महिना टिभी बहिस्कार गर्नुहोस् । यसले भारतलाई बारवादीको बाटोतिर धकेलिरहेको छ । र, लोकतन्त्रको हत्या गरिरहेका छन् । यसकारण देश र लोकतन्त्र जोगाउन दुइ महिना टिभी र हिन्दी अखबार बहिस्कार गर्नुहोस् ।
उनले भने भारतीय २ प्रकारका सरकार छन् । एक भारत सरकार अर्को मिडिया सरकार चलिरहेका छन् । सरकारको कारण नभएर भारतका लोकतन्त्र मिडियाको कारण खतरामा परेका छन् । र मिडिया जन बिरोधी सावित भएका छन् ।
भारतीय मिडियाले किसान, युवा, दलित तथा पछिपारिएका वर्गहरुको बारेमा कुनै कार्यक्रम तथा समाचार महत्व दिएको छैन् । उनीहरु रोजगारी, जनसवाल तथा अर्थतन्त्रको बारेमा चासो नै दिन्नन् । यसकारणउनीहरु जनबिराधी सावित भएका छन, उनले भने ।
यसरी भारतीय मिडियाहरु एक तर्फी हल्का टिप्पणी, तत्थयबिहीन समाचारले जनतामो निरासा छाएको छ । र, विश्वभरी भारतीय मिडियाको विश्वसनीयतामा प्रश्न उठीरहेको छ । उनीहरुले जनतालाई सुचित भन्दा पनि उत्तेजित गरिरहेका आरोप लागेको छ ।
अहिले भारतमा टिभि तथा अखबार बहिस्कार अभियानले ठूलो रुप लिएको छ । उनीहरुले सामाजिक संजालमा ठूलो अभियान संचालन गरेका छन् । विभिन्न भिडियो बनाएर सोसिल मिडिया भरी फाइरल बनी रहेको छ ।
पाकिस्तानी मिडिया पनि भारतका जस्तै उत्ताउलो साबित भएका छन् । उनीहरुले पनि शान्ति भड्काउने तथा भ्रम फैलाउने किसिमका समाचारलाई महत्व दिइरहेका छन् । जसले जनविश्वास गुमाइरहेका छन् ।
Photo: India Today