पाकिस्तानको लाहोरमा आत्मघाती हमला कम्तीमा आठ जनाको मृत्यु

आजभोलि

पाकिस्तानको लाहोरमा आत्मघाती हमला कम्तीमा आठ जनाको मृत्यु

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर आत्मघाती हमला भएको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ ।

जियो न्यूजले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ । प्रारम्भिक विवरणहरूका अनुसार दाता दरबार सुफी दरगाहनजिकै विस्फोटन भएको थियो ।

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षकर्मीहरू पुगेका छन् । अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन ।

शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन् । सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो ।

  • २५ बैशाख २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !