भेनेजुएलाका विपक्षी नेता क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् ।
राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो ।
एड्गरलाई गुप्तचर निकायका अधिकारीले कारबाट उत्रिन भनेका थिए, तर उनले मानेनन् । त्यसपछि गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।
गएको हप्ता विपक्षी नेता गुएडोले मादुरोलाई सत्ताबाट बाहिर्याउनका लागि सैन्य अधिकारीसँग सम्झौता गर्ने असफल प्रयास गरेपछि विपक्षी नेता पक्राउ परेको पहिला घटना हो ।
गुएडोले गएको जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई ५० भन्दा बढि देशले अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।