उत्तर कोरियाको मालबाहक समुद्री कार्गो अमेरिकाको नियन्त्रणम

आजभोलि

अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो ।

अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको बताएको छ । संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिएको अमेरिकी भनाइ छ । उत्तर कोरियाको कोइलाको बजार चीनलगायतका देश हुन् ।

जहाँ कोइला बिक्री गरेर उत्तर कोरियाले परमाणु कार्यक्रममा लगानी गर्ने गरेको दाबी अमेरिका तथा संयुक्त राष्ट्र संघको छ । यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !