कुरूनेगालामा मुस्लिम र बुद्धमार्गीबीच झडप,झडपपछि राष्ट्रव्यापी कर्फ्यु

आजभोलि

कुरूनेगालामा मुस्लिम र बुद्धमार्गीबीच झडप,झडपपछि राष्ट्रव्यापी  कर्फ्यु

 श्रीलङ्का सरकारले देशभर कर्फ्यु घोषणा गरेको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कर्फ्यु आदेश जारी भएको हो ।

प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा सोमबार दिउसोदेखि शुरू भै मङ्गलबार ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको बताए ।

सोमबार भएका भडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका कैयौँ सम्पत्तीहरूमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताए । झडपपछि उक्त क्षेत्रमा थप हिंसाका घटना नहोस भन्नका लागि प्रशासनले उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाएको र थप अहिले स्थिति सामान्य बनिसकेको प्रहरीले बताएको छ ।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले एक विज्ञप्ति जारी गरी सवै समुदायलाई सम्यमित बन्न आग्रह गरेका थिए । विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भने, “सरकार तथा सुरक्षा निकायले नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको छ तर पनि हरबखत हिंसाका घटना देखिइरहेका छन् । यसको अनुसन्धान गरी नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ ।” सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी मुलुकमा सञ्चालनमा रहेका फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा सोमबार विहानैदेखि अनिश्चित समयका लागि बन्द गरेको छ ।

  • ३० बैशाख २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !