कम्युनिस्ट पार्टीहरूलाई एकीकृत हुन नदिने षड्यन्त्र भइरहेको छ :प्रचण्ड

आजभोलि

कम्युनिस्ट पार्टीहरूलाई एकीकृत हुन नदिने षड्यन्त्र भइरहेको छ :प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दुनियाँको कुनै पनि ताकतले आफूहरुलाई हराउन नसक्ने बताएका छन् ।

२६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विरोधीहरुलाई नेकपा अब अर्को धातुले बनेका मान्छे रहेछन् भन्ने देखाइदिने बताएका हुन् । उनले २००७ सालदेखिको कम्युनिष्टहरुलाई अपमानित गर्ने प्रवृति हालसम्म पनि रहेको र त्यसबाट आफूहरु भने विचलित नभएको बताए ।

उनले कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने क्रियाकलाप आफूहरुले देखेको तर आफ्ना कार्यकर्ताको त्याग र तपस्याको परिणामले त्यो अर्थपूर्ण भएको बताए । नेकपाका केही नेताले पनि मदनलेझै कार्ल माक्र्सको विचारलाई नयाँ परिस्थितिमा नयाँ विचारको रुपमा अघि बढाउनुको सट्टा पुरानै कुरा दोर्होयाइरहेको तर्क गरे । उनले माक्र्सवाद डग्मा, प्राग्मा, कुरान, बाइबलको रूपमा नभइ विज्ञानको रुपमा बुझ्नुपर्ने बताए ।

उनले आँखा नदेख्ने भएर पार्टी एकता नगरेको तत्कालीन कार्यनीति जनताको जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद भएको बताउँदै समाजवादको नयाँ मोडल स्थापित गर्ने दृढता व्यक्त गरे । उनले विकासवादको नयाँ मोडल दिने चुनौति स्वीकार गर्दै आफ्नो पार्टी अघि बढेको बताए । उनले भने,‘ पार्टी एकता तीन महिनाभित्र गर्ने भनेको ढिलो भयो। एक वर्ष भयो। तर अब केही मात्रै काम बाँकी छन्। आत्तिनुपर्ने छैन।’

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !