संसदद्वारा समलिंगी विवाहलाई मान्यता दिने कानुन पास

आजभोलि

संसदद्वारा समलिंगी विवाहलाई मान्यता दिने कानुन पास

ताइवानले समलिंगी विवाहलाई मान्याता दिएको छ । शुक्रबार ताइवानको संसदले समलिंगी विवाहसम्बन्धी कानुन पास गरेको हो ।

समलिंगी विवाहसम्बन्धी कानुन पास भएपछि अधिकारकर्मीहरू ताइवानको संसदबाहिर खुसी प्रकट गर्दै प्रदर्शन गरिरहेका छन् । यो कानुन सरकारले प्रस्ताव गरेको थियो ।

सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका बहुमत सदस्यले समलिंगी विवाहको पक्षमा मतदान गरेका थिए । समलिंगी विवाहको पक्षमा ताइवानी संसदका ६६ सदस्यले मतदान गरेका थिए भने २७ जना विपक्षमा उभिएका थिए ।

समलिंगी विवाहलाई कानुनी मान्यता दिएको यो कदमले राष्ट्रपति साइ इङ वेनलाई आगामी वर्षको निर्वाचन जित्न कठिन हुने धेरैले अनुमान गरेका छन् । राष्ट्रपति साइले यो दिन ताइवानीहरूले गर्व गर्न लायक दिन भएको बताएकी छन् ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !