राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सय ६३ औ बुद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गरेकी छन् ।
शनिबार लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । भ्रमण वर्ष घोषणा गर्दै राष्ट्रपति भण्डारीले बुद्धको सन्देश संसारभर फैलाएमात्र विश्वमा एकताको भावना फैलने बताइन् ।
उनले प्रदेश सरकारको यो अभियान नेपाल सरकारको सन् २०२० को नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।
उनले विकास संरचना वातावरणमैत्री र दीगो विकासका हुनुपर्नेमा पनि जोड दिइन् । राष्ट्रपतिले एकीकृत लुम्बिनी गुरुयोजना सफल पार्न सरकारको ध्यानाकर्षण पनि गराइन् । प्रदेश सरकारले एक वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्राउने लक्ष्य लिएको छ ।