मन्त्रालयद्वारा भन्सार तथा कर कार्यालयको अनुगमनका लागि केन्द्रीय अनुगमन टोली परिचालन

आजभोलि

सरकारले चालू आर्थिक वर्षको निर्धारित राजश्व सङ्कलनको लक्ष्य हासिल हुने गरी ठोस कार्ययोजनासहित काम गर्न र देशभरिका भन्सार तथा कर कार्यालयका अनुगमनका लागि केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार त्यस्तो अनुगमन टोलीमा राजश्व व्यवस्थापन विभागका उपसचिव, निर्देशक सम्मिलित आठ सदस्य रहेको छ । अनुगमन टोलीलाई मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्ने र कुनै समस्या भए समाधानका लागि तत्काल पहल गर्ने र लक्ष्यअनुसारको प्रगति हासिल गर्नका लागि आवश्यक निर्देशन दिनेछ ।

राजश्व सङ्कलन गर्ने कार्यालयको आकस्मिक अनुगमन गर्ने, निरीक्षण तथा सुपरिवेक्षण गर्ने, आवश्यकताअनुसार छड्के जाँच गर्ने र भेटिएका कमीकमजोरीलाई सच्याउन तत्काल निर्देशन दिने अख्तियारी दिइएको छ ।

त्यस्ता कार्यालयको आन्तरिक व्यवस्थापन, अनुगमन प्रणाली र आन्तरिक अनुगमन प्रणालीको अवलोकन गरी सुधारका लागि आवश्यक पहल गर्नेछ । स्थलगत अनुगमन गर्दा कमजोरी देखिएका कर्मचारीको हकमा कारवाहीका लागि सिफारिश गर्ने, चोरीपैठारी हुनसक्ने नाका र माल सामानको पहिचान गरी चोरी नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछ ।

आन्तरिक बजारको कारोवारमा बिजक जारी नगर्ने, मूल्य अभिवृद्धिकरमा दर्ता नहुनेलगायत करको दायरामा नआएका वा वास्तविक कारोवारभन्दा कम कारोवार देखाएका करदाता पहिचान गरी सम्बन्धित निकायलाई कारवाहीका लागि निर्देशन दिने कार्यादेशसमेत उक्त समितिलाई दिइएको छ ।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !