सुशनको सेन्सर जडित ‘ग्यास चुल्हो’ नेपाली गृहिणीका लागि उपयुक्त

आजभोलि

बलराम प्यासी
घरको चुल्होचौको भ्याएर कार्यालय या व्यवसायमा जानुपर्ने महिला हुन् या खाना पकाउँदै साना केटाकेटी र गाइवस्तु स्याहार्नुपर्ने गृहिणी हुन्, उनीहरुको लागि खुसीको खबर आउन लागेको छ ।

हरदम सामाजिक सञ्जाल फेसबुकमा अल्झिने महिलालाई भने यो खबरले राहत दिन्छ कि दिँदैन, त्यो भने हेर्न बाँकी छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका—१४ नयाँनैकापमा जन्मी अमेरिकाको नर्थ क्यारोलिना राज्यको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयमा कम्प्युटर सफ्टवेयर इन्जिनियरिंङ विषयमा स्नातक अन्तिम वर्षक ाविद्यार्थी सुशन बस्नेतले नेपाली गृहिणीका लागि निकै उपयोगी हुने प्रविधियुक्त स्वचालित चुल्हो(भान्छा सहयोगी) बनाउन शुरु गरेका हुन् ।

तीन हप्ताको लागि नेपाल आएका विद्यार्थी बस्नेतले पत्रकार बलराम प्यासीसंग कुरा गर्दै अबको चार महिनामा सो चुल्होले प्याटेन्ट राइट अर्थात स्वामित्व अधिकार पाएपछि त्यसको उत्पादनको लागि बाटो खुल्ने र नेपाली गृहिणीहरुको भान्छासम्म आईपुग्ने दावी गरेका छन् । उनको विश्वविद्यालयले उनलाई यसलाई सकारात्मक मान्दै यसलाई ‘ग्रीन सिग्नल’ दिइसकेको छ ।

आफु पढेको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयको लागि२१ वर्षे नेपाली विद्यार्थी बस्नेतलेटाइमर, भाइब्रेटर र सेन्सरमार्फत खाना पकाउने ग्यास चुल्होमा आगोको राप घटबढ गराउन सकिने, चुल्हो खोल्न÷बन्द गर्न सकिने र स्वतः नियन्त्रण हुने प्रविधियुक्त स्वचालित ग्यास चुल्हो बनाइराखेका हुन् ।

‘पहिलो चरणको काम सकेर यसको काम पनि हेरिसकिएको छ, यसलाई फाइनल टच दिन मात्रै दिन बाँकी छ’—तीनहप्ते नेपाल भ्रमणको क्रममा राजधानीमा रहेका विद्यार्थी बस्नेतले भने ।

माइक्रो कन्ट्रोलर, इन्फ्रारेड सेन्सर र भाइब्रेटरको प्रयोग गरि उनले तयार गरिराखेको प्रविधियुक्त स्वचालित ग्यास चुल्होमा कुनैपनि भाँडामा राखेर पकाएको झोलजन्य पदार्थ, दुध चिया, दाल, पानी कहिल्यैपनि उम्लेर नपोखिने उनको दावी छ । कम्प्युटरमार्फत बस्नेतले आफुले बनाएको प्रविधियुक्त स्वचालित ग्यास चुल्होले कसरी काम गर्छ भनेर सञ्चारकर्मीलाई देखाएका थिए ।

पकाउने भाँडामा जडान हुने भाइब्रेटर, चुल्होको केही माथि राखिने माइक्रो कन्ट्रोलर र सेन्सरले उम्लिन लागेको झोलजन्य खानेकुरालाई उम्लेर पोखिन नदिने र सोही अनुसारको आगोको राप मिलाउने र खानेकुरा पाकेपाछि ग्यास चुल्हो आफै बन्द हुने व्यवस्था बस्नेतले गर्न लागेका छन् ।

झोलजन्य पदार्थ उम्लेर खेर नजाने, अण्डा उसिन्दा त्यसको थर्काहटले निश्चित अवधिमा अण्डा पाकेपछि चुल्हो आफैं बन्द हुने, अरु खाना पनि पाकेपछि चुल्हो आफैं बन्द हुने लगायतको विशेषताले गर्दा यसप्रकारको ग्यास चुल्हो नेपाली समाजको लागि निकै सुरक्षित हुने विद्यार्थी बस्नेतले बताए ।

‘समय, ग्यासको वचतको साथै अरु ग्यास चुल्होको तुलनामा यो बढी सुरक्षित हुन्छ’—उनले भने । त्यतिमात्रै नभई मोबाइल एप बनाएपछि टाइमर र सेन्सर प्रविधि जडित ग्यास चुल्होमा खाना बसालेर घरबाहिरको काम पनि भ्याउन सकिने छ । 
आफुले बनाएको प्रविधियुक्त ग्यास चुल्होको प्याटेन्ट राइट लिएपछि यसलाई ठुलोमात्रामा उत्पादन गरि नेपाली गृहिणीहरुको लागि सस्तोमुल्यमा विक्री गर्ने आफ्नो योजना रहेको युवा विद्यार्थी बस्नेतले बताए ।

नैकापको ब्राइट फ्युचर बोर्डिंग स्कुलमा ५ कक्षाको पढाई सकेर आफ्ना बुबा सहदेव, ममी सुधा र बहिनी सोनुसंग सन २००८ मा क्यानाडा गएका सुसन केहीवर्षदेखि सपरिवार नै अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । यसअघि गतवर्ष सुशनले रिमोट कन्ट्रोल कार बनाएका थिए ।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !