तीन पाङ्ग्रे सवारी हटाउने सरकारको तयारी, मोटरसाइकलको पछाडि बस्नेलाई हेलमेट अनिवार्य गरिने

आजभोलि

तीन पाङ्ग्रे सवारी हटाउने सरकारको तयारी, मोटरसाइकलको पछाडि बस्नेलाई हेलमेट अनिवार्य गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी गरेको छ ।

उपत्यका भित्र भएका दुर्घटनाको विश्लेषण गर्दै तीनै जिल्लामा मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनु पर्ने नियम ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए ।

प्रहरीले यातायात व्यवस्था विभागलाई यातायात व्यवस्था ऐनमा नै राखेर मोटरसाइकल चालकले हेटमेट लगाउनु पर्ने नियम ल्याउने प्रक्रिया सुरु भएको पन्तले बताए । यसमा विभाग पनि सकारात्मक देखिएको उनले बताए ।

यसअघि २०६५ सालमा मोटरसाइकलका पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनुपर्ने नियम लागु गरिएको थियो । त्यो बेला यो नियमको आलोचना भएको थियो ।

ट्राफिक प्रहरीले पछि यो नियम खारेज गरेको थियो । बिना ऐन ल्याइएको नियम भएकोले पनि पहिला यो नियमलाई कडाइका साथ लागू गर्न ट्राफिक प्रहरी असफल भएको थियो ।

त्यसै कारण पनि अहिले ट्राफिक प्रहरी महाशाखा ऐनमै व्यवस्था गरेर यो नियम ल्याउन लागिपरेको छ । त्यसैगरी, महाशाखाले काठमाडौं उपत्यकाबाट तीन पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाइने तयारी गरेको छ ।

टेम्पो र सानो आकारको माइक्रोबसको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता सवारी हटाउने भएको हो ।

कम सीसीका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेको महाशाखाको निष्कर्ष छ ।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !