हुवावेका नयाँ डिभाइसमा यूट्युब र गुगल म्याप नचल्ने

आजभोलि

सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ ।

चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ । गुगलको यस्तो निर्णयसँगै हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमाएको छ । र, हुवावेका नयाँ डिभाइसमा यूट्युब र गुगल म्याप पनि हुने छैनन् । चर्चित गुगल एप्समा पनि हुवावेका फोनले पहुँच पाउने छैनन् ।

हुवावेले गुगलको पछिल्लो कदमबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन । बीबीसीका अनुसार हुवावेले प्रतिक्रिया दिन इन्कार गरेको छ । ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्सबिना अमेरिकी फर्महरुले कारोबार गर्न नसक्ने निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो ।

आफ्ना नागरिकलाई हुवावे फोन खरीद नगर्न पनि अमेरिकाले भनिसकेको छ । अमेरिकासँगै बेलायत, न्युजिल्यान्ड र अष्ट्रेलियाले पनि फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाएका छन् । विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माण कम्पनी हुवावेले आफ्ना उत्पादनहरुमार्फत् जासुसी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !