प्रहरीको गोली लागेर घाइते भएका नेकपाका कार्यकर्ताको मृत्यु

आजभोलि

भोजपुरमा प्रहरीको गोली लागेर मंगलबार घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नम्बर दुईस्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको उपचारको क्रममा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार घिमिरेको तिघ्रामा गोली लागेको र उपचार गर्न समयमा अस्पताल पु¥याउन नसक्दा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । नेकपाले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको बताएको छ ।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !