मिडिया काउन्सिल विधेयक सदनमा प्रवेश नगराउन कांग्रेसको माग

आजभोलि

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताइन् । उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरिन् ।

बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसले गठन गरेको छाया सरकारप्रति व्यंग्य गरे । उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए ।

सांसद बस्नेतले छायाँ सरकारको कार्यकाल २०÷३० वर्ष रहोस्, भन्ने शुभकामना दिए । राजपा नेपालका सांसद प्रमेद साहले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !