नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गरे ।
उनले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी भएको बताए ।
उनले पार्टीको विधानले सबै संरचना खडा गरिसकेको बताउँदै अब त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइरहेको बताए ।