कांग्रेसले आरुबोटे हत्यामा खटायो पार्टीका प्रतिनिधि,रहस्यमय हत्याको गम्भीर छानबिन गरियोस्

आजभोलि

कांग्रेसले आरुबोटे हत्यामा खटायो पार्टीका प्रतिनिधि,रहस्यमय हत्याको गम्भीर छानबिन गरियोस्

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेसले बुधबार घटनास्थलमा पार्टीका प्रतिनिधिहरु पठाएको छ ।

केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू बुधबार पार्टीको प्रतिनिधित्व गर्दै सो गाउँ र घटनास्थल पुगेका छन् ।

अत्यन्तै क्रूरतापूर्वक भएको आरुबोटेको हत्याकाण्डले शोक विह्वल बनेको सिंगो गाउँप्रति उनिहरुले पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेस रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !