सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

आजभोलि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

नेविसंघका नेताकार्यकर्ताहरुले डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

समारोह शुरुहुँदै गर्दा अध्यक्ष खड्का सहितका नेविसंघका नेताकार्यकर्ताहरुले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरेका थिए। अध्यक्ष खड्काले सोही क्रममा कालोझण्डा देखाउँदै विरोध गरेका थिए। त्यसपछि प्रहरीले उनको मुख थुन्दै धकेलेर बाहिर फालिदिएको थियो।

क्याम्पस परिसरमा सुरक्षार्थ बाक्लो मात्रामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएसंगै सत्तारुढ दलका नेता तथा सांसदहरुसंग डोटीबासी आक्रोसित छन्।

कहिलेकाही सत्ताधारी पार्टी नेकपामा नेताहरु डोटी आउँदा स्थानीय बासिन्दाले कालोझण्डा देखाउँदै आएका छन्। यसअघि सांसद अर्चना गहतराज, पूर्वमन्त्री लेखराज भट्ट, प्रतिनिधि सभा सांसद प्रेम बहादुर आलेमगर र सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्री माया भट्टलाई कालोझण्डा देखाएका थिए।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !