आगलागीबाट बैतडीमा एकै परिवारका तीन जनाको मृत्यु

आजभोलि

बैतडीमा गएराती आगलागी हुँदा एकै परिवारका तीन जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भएका उनीहरु पुर्चौडी नगरपालिका वडा नम्बर सात बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । बुधबार राति खाना खाई टहरामा सुतेका उनीहरुको चुलोको आगो एक्कासी सल्केर आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !