राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र ऐनको मर्म बिपरित नियमावली र निर्देशिका जारी गर्न नहुने बताएका छन् ।
काठमाडौंमा प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे÷नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए ।
उनले संविधानको स्पिरिट अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको ध्यानाकर्षण गराए ।
अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सतर्क गराए ।
अन्तरक्रिया कार्यक्रममा विज्ञहरुसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु तथा कानुन निर्माणमा सहभागी हुने नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको छ।