दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न

आजभोलि

दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न

भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको भवनको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त
रुपमा उद्घाटन गरेका थिए ।

भूकम्पले ध्वस्त बनाएको दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य १० महिना भित्रै सम्पन्न गरिएको हो । ४६ कोठा रहेको चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने चीनको एससीजी कम्पनीले लक्ष्य लिएको छ ।

२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल साउन १८ गतेदेखि दरबार हाईस्कुलको निर्माण कार्य सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिए ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !