आगामी जुन सातमा राजीनामा दिने प्रधानमन्त्री मे को घोषणा

आजभोलि

आगामी जुन सातमा राजीनामा दिने प्रधानमन्त्री मे को घोषणा

बेलायती प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ मा सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएर नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलिदिने बताएकी छन् ।

डाउनिंग स्ट्रिटबाट एउटा भावुक बक्तव्य दिंदै उनले सन् २०१६ मा भएको ईयू सदस्यता सम्बन्धी जनमत संग्रहको नतिजालाई सम्मान गर्न उनले आग्रह गरिन् । तर ब्रेक्जिट भनिने ब्रिटेन युरोपेली संघ, ईयूबाट बाहिरिने प्रकृया सम्पन्न गर्न नस्कनु “गहिरो खेद“ को विषय भएको पनि उनले बताइन् ।

टरिजा मे ले कन्जरभेटिभ पार्टीभित्र नयाँ नेतृत्व चयनको प्रकृया सम्पन्न नहुन्जेल आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने पनि बताएकी छन् ।

उनले आगामी जुन ७ तारिखका दिनमा पार्टी नेताको पद त्याग्ने छिन् र त्यसपछिको अर्को हप्ता नयाँ पार्टी नेतृत्व चयनको प्रकृया आरम्भ हुनेछ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !