अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बौँ मूल्य बराबरका हतियार साउदी अरेबियालाई बेच्ने भएका छन् ।
इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदी अरेबियालाई ८ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्ने भएको हो ।
राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका छन् । संघीय कानून अन्तर्गत निकै दुर्लभ रुपमा मात्रै प्रयोग हुने पक्षमार्फत ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका हुन् । सामान्य रुपमा हतियारको कारोबार सम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनु पर्छ । इरानसँगको तनावका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको ट्रम्पले दाबी गरेका छन् ।
अमेरिकी हतियार किन्न लागेको साउदी अरेयिबा इरानको चिरप्रतिद्वन्द्वी हो । तर हतियार सर्वसाधारण नागरिकमाथि प्रयोग हुन सक्ने खतरा रहेको भन्दै विभिन्न पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् ।